एनएमबि बैंकका रोशन रेग्मी ‘ग्लोबल फिन्टेक फेस्ट २०२४’ मा वक्ताको रुपमा सहभागी हुँदै

एनएमबि बैंकका रोशन रेग्मी ‘ग्लोबल फिन्टेक फेस्ट २०२४’ मा वक्ताको रुपमा सहभागी हुँदै


काठमाडौं – एनएमबि बैंक लिमिटेडका रिटेल बैंकिङ्ग प्रमुख अधिकृत रोशन रेग्मी ग्लोबल फिन्टेक फेस्ट २०२४ मा वक्ताको रूपमा सहभागी हुने भएका छन् । रेग्मी नेपालकाे बैंकिङ्ग क्षेत्रलाई प्रतिनिधित्व गर्दै आगामी अगस्ट २८ देखि ३० सम्म भारतको मुम्बईमा आयोजना हुने फेस्टमा वक्ताको रूपमा सहभागी हुने भएका हुन् ।

रेग्मी खुद्रा र आम बैंकिङ्ग, वित्तीय साक्षरता, समावेश र अनबोर्डिङ, रेमिट्यान्स , क्रस बोर्डर भुक्तानी, डिजिटल र वैकल्पिक वितरण च्यानल भुक्तानी, डिजिटल ऋण, पूँजी बजार प्रणाली, अनबोर्डिङ र परियोजना व्यवस्थापन साइबर सुरक्षा लगायतका विषयमा विशेष दख्खल राख्छन् ।

ग्लोबल फिन्टेक फेस्ट भारतको भुक्तानी परिषद् (PCI), नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया ((NPCI) फिन्टेक कन्भरजेन्ज काउन्सिल (FCC) द्वारा आयोजित वार्षिक फिनटेक सम्मेलन हो। सन् २०२२ मा सुरु भएको यो सम्मेलनको यो पाँचौ संस्करण हो। यो सम्मेलनलाई विश्वको सबैभन्दा ठुलो फिनटेक सम्मेलन र फिन्टेक परिदृश्यमा सबैभन्दा ठुलो विचार नेतृत्व प्लेटफर्मको रूपमा समेत लिइन्छ।

सम्मेलनमा सयौं सत्रहरूसँगै, मुख्य नोटहरू, प्यानल छलफलहरू र फायरसाइड च्याटहरू समावेश गर्दै फिन्टेक उत्पादन प्रदर्शनी, लगानी पिचहरू, कार्यशालाहरू, विचार नेतृत्व रिपोर्टहरू र शैक्षिक कागजातहरू, र ह्याकाथनहरू समावेश छन्। साथै, सम्मेलनले ग्लोबल फिन्टेक अवार्ड्स पनि प्रदान गर्छ।