काठमाडौं – कुनैपनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनैपनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम प्रतिबन्ध लगाइएको हाे ।
तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको छ । यसरी लगानी गरेको विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था गर्नुपर्दछ ।
नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने व्यवस्था रहेको छ ।
केन्द्रीय बैंकले मंगलबार वित्तीय चेतनाका लागि सन्देश जारी गर्दे नेपाली नागरिकले विदेशमा लगानी गर्ने सम्बन्धमा रहेकाे व्यवस्था सम्बन्धी जानकारी दिएकाे हाे ।
प्रतिक्रिया