सूचना प्रविधिमा ‘ग्लोबल हब’ बन्न सक्छ नेपाल

सूचना प्रविधिमा ‘ग्लोबल हब’ बन्न सक्छ नेपाल

निरज भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत आगामी दशकलाई ‘सूचना प्रविधिको दशक’ घोषणा गरेको छ । २०८१ जेठ १५ गते संसदमा चालू वर्षका लागि बजेट घोषणा गर्दै तत्कालिन अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधिको दशक घोषणा गरेका थिए । त्यो महत्वकांक्षी घोषणाले नेपाललाई विश्वको सूचना प्रविधि हबकारुपमा विकास गर्न भूमिका खेल्ने अपेक्षा छ ।

नेपाललाई एसियाको ‘टेक हब’का रुपमा विकास गर्न यो घोषणाले मद्धत गर्ने सम्भावना छ । पछिल्लो समय नेपालमा सूचना प्रविधिको ‘इकोसिस्टम’ निरन्तर विकास हुँदैछ । सूचना प्रविधिको क्षेत्रमा धेरै ‘स्टार्टअप’ देखापरेका छन् र यी कम्पनीहरु मूख्यगरी काठमाडौं र अन्य ठूला शहर केन्द्रीत छन् ।

उल्लेख्यरुपमा कम्पनीकोहरुको स्थापना बढ्नुले मात्रै नेपाल एसियाको प्रविधि हब बन्न त्यति सहज छैन । यसलाई चाहिने श्रमको मूल्यले भने नेपाललाई सहजीकरण गर्छ । एसियाका धेरै मुलुकको तुलनामा नेपालमा सस्तो श्रमिक पाइन्छ । सूचना प्रविधि इञ्जिनियरको मूल्य समेत अन्य एसियाली मुलुकको तुलनामा नेपालमा न्यून छ ।

यसले विश्वका धेरै कम्पनीहरुलाई नेपालमा आकर्षण गर्न सघाउँछ । यसबाहेक नेपाल सांस्कृतिकरुपमा अन्य मुलुकको तुलनामा धनी छ । प्राकृतिकरुपमा समेत नेपाल तुलनात्मकरुपमा धनी छ । प्राकृतिक र सांस्कृतिकरुपले समेत विश्वभरका मानिसलाई नेपालमा आकर्षण गर्नेनै भयो । यसले डिजिटलरुपमा नेपालको प्रर्वद्धन र पर्यटनलाई प्रचारप्रसारमा सहयोग पुग्ने छ । सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणा गरिसकेको छ । यसबाट सरकारले सूचना प्रविधि उद्योगलाई बलियो सहयोगको संकेत गरेको छ । यसले सूचना प्रविधि उद्योगलाई चाहिने पूर्वाधार निर्माण र नीति निर्माणमा सहयोग पुग्छ ।

तर, कुनै पनि उत्पादनलाई बजारीकरण र बिक्रीवितरण गर्नका लागि बजारको उपलब्धता समेत चाहिन्छ। यसका लागि नेपाल रणनीतिक स्थानमा छ । नेपाल विश्वको पहिलो र दोस्रो ठूलो जनसंख्या भएका मुलुक भारत र चीनको बीचमा छ। यो भौगोलिक अवस्थालाई नेपालले दुई ठूला ‘टेकजायन्ट’को पुलको काम समेत गर्न सक्छ । यसका लागि सुरुमा हामिले विश्व मानचित्रमा आफ्नो पहिचान बदल्न जरुरी छ । हाम्रो पहिलो प्राथमिक्ता सूचना प्रविधि नै हुनुपर्छ । यसपछि पर्यटनलाई राख्नेगरी अघि बढ्नुपर्छ ।