गत वर्ष कतिले पाए सहुलियतपूर्ण कर्जा ?

गत वर्ष कतिले पाए सहुलियतपूर्ण कर्जा ?

१ खर्ब २६ अर्ब ८२ करोड बक्यौता


काठमाडौं – नेपाल राष्ट्र बैंककाअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख बढीले सहुलियतपूर्ण कर्जा पाएका छन् । केन्द्रीय बैंककाे तथ्यांकअनुसार गत आवकाे असार मसान्तमा १ लाख २० हजार २७४ ऋणीले सहुलियतपूर्ण कर्जा प्राप्त गरेका हुन् ।

नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको कर्जाको १ खर्ब २६ अर्ब ८२ करोड बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४६ हजार ३५६ ऋणीलाई प्रवाह भएको ८६ अर्ब ९० करोड कर्जा बक्यौता रहेको छ ।

त्यस्तै, महिला उद्यमशील कर्जा अन्तर्गत ७१ हजार ८८३ महिला उद्यमीलाई प्रवाह भएको ३८ अर्ब २९ करोड कर्जा रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाउछ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३५ ऋणीको १ अर्ब ६३ करोड कर्जा बक्यौता रहेको छ ।