सानिमा लाईफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति बोनस ?

सानिमा लाईफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति बोनस ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ । कम्पनीले बीमा समितिबाट स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक बीमा योजना (रेगुलर) मा प्रति हजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको सावधिक बीमा योजना (एकल) मा प्रति हजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस कायम गरिएको छ । त्रिपल सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमा योजनामा प्रति हजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् । 

त्यसैगरी, अग्रिम भुक्तानी बीमा योजनामा प्रति हजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ४५ रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रति हजार २० रूपैयाँदेखि अधिकतम २३ रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।