दोहोरो अकंले घटेकाे बजारमा २८ अर्ब ८३ करोडकाे काराेबार

दोहोरो अकंले घटेकाे बजारमा २८ अर्ब ८३ करोडकाे काराेबार


काठमाडाैं – साताकाे पहिलाे काराेबार दिन आइतबार शेयर बजारमा दोहोरो अंकको करेक्सन देखिएकाे छ । नेप्से परिसूचक आज ३४.४७ अंकले घटेर २९ सय ६६.३३ को विन्दुमा झरेको छ ।

आज ४७ वटा कम्पनीको शेयरभाउ बढ्दा १९७ वटाको घटेको छ। आज २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आइतबार नेप्से उपसमूहका १३ वटामध्ये ४ वटा समूहमात्रै बढेको छ अन्य ९ समूह घटेको छ ।

आज बैंकिङ्ग समूह सर्वाधिक ०.८४ अंकले बढेको छ। जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूह पनि बढेका छन् । दोहोरो अंकले घटेको बजारमा नेपाल फाइनान्सका शेयरधनीले सर्वाधिक गुमाएका छन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ८२ करोड १४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।