अर्थमन्त्रालयले संसदमा दर्ता गर्यो दुई विधेयक, धितोपत्र सम्बन्धी ऐन संशोधन गर्दै

अर्थमन्त्रालयले संसदमा दर्ता गर्यो दुई विधेयक, धितोपत्र सम्बन्धी ऐन संशोधन गर्दै


काठमाडौं – अर्थमन्त्रालयले संसदमा दुई वटा विधेयक दर्ता गरेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार साउन ३२ गते प्रतिनिधि सभाको संसदमा २ वटा विधेयक दर्ता गरेको हो ।

मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ र धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ दर्ता गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा बनेको थियो । यसलाई संशोधन गर्न बनेको पहिलो विधेयक संसदमा दर्ता भएको हो । यस्तै धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक समेत दर्ता भएको मन्त्रालयले जानकारी दिएको छ ।