साताको सुन कारोबार : ८ सयले बढ्यो सुनको मूल्य 

साताको सुन कारोबार : ८ सयले बढ्यो सुनको मूल्य 


काठमाडौं – यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाले बढेको छ । पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको थियो । गत साताको शुक्रबार तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार सात सय रुपैयाँले बढेको थियाे । यसैगरी, यो साताको आइतबार बढेको सुनको मूल्य सोमबार घट्यो भने मंगलबार बढेकाे थियाे ।

त्यस्तै, बुधबार बढेको सुनको मूल्य, बिहीबार स्थिर रहँदा शुक्रबार भने घटेकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताको आइतबार नेपाली बजारमा सुन प्रतिताेला १ लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आइतबार बढेको सुनको मूल्य सोमबार तोलामा १ सय रुपैयाँले घटेको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

आइतबार बढेको सुनको मूल्य सोमबार घट्यो मंगलबार भने बढेर ऐतिहासिक बिन्दुमा पुगेको थियो । मंगलबार सुनको मूल्यले यसअघिको साउन २१ गतेको एक लाख ५० हजार रुपैयाँको मूल्य तोड्दै एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।  साताको चौथौँ कारोबारको दिन बुधबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको थियो ।

मंगलबार प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बुधबार प्रतितोला तीन सय रुपैयाँले घटेको थियो । त्यसदिन सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । साताको पाँचौ कारोबारको दिन बिहीबार सुनको मूल्य स्थिर रह्यो। त्यस दिन सुन बुधबारकै मूल्य अर्थात् प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको थियो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ लाख हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा यो साता सुनको मूल्यमा ८ सयको वृद्धि देखिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार १ लाख ४८ हजार आठ सय  रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको अन्तिम दिनसम्म आइपुग्दा १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।