नबिल बैंकको विशेष साधारण सभा भदौ १७ गते

नबिल बैंकको विशेष साधारण सभा भदौ १७ गते


काठमाडौं – नबिल बैंक लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । बैंककाे विशेष साधारण सभा भदौ १७ गते बस्ने भएकाे हाे।

साउन २७ गते आइतबार बैंकको केन्द्रिय कार्यालयमा बसेको नबिल बैंकको सञ्चालक समितिको ६६२ औं बैठकले उक्त निर्णय गरेको हो । विशेष साधारण सभामा ‘नबिल ८प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने एजेन्डा छ ।

यस्तै, अधिकृत र जारी तथा चुक्ता पूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरुमा शेयरधनीबीच छलफल गरी निर्णय विशेष साधारणले गर्नेछ।