काठमाडौं – काठमाडौं महानगरपालिका, वडा नम्बर ३१, बानेश्वरस्थित समाज डेन्टल हस्पीटल प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पिटल प्रा.लि. को सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाको संयुक्त हस्ताक्षर गरे ।
समाज डेण्टल हस्पिटल र प्रभु बैंक लि. बिच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ। प्रभु बैंकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरुले क्रमशः १५% र १०% छुट, समाज डेण्टल हस्पिटलका सम्पूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन् ।
बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।



About Us
प्रतिक्रिया