नेपाल बैंकको घट्यो ब्याजदर

नेपाल बैंकको घट्यो ब्याजदर


काठमाडौं– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले आज नयाँ ब्याजदर सार्वजनिक गर्दै ब्याजदर घटाएको जनाएको हो ।

बैंकले भदौमा मुद्दती निक्षेपतर्फ व्यक्तिगत २ वर्ष अवधिसम्मका लागि ४.५५ प्रतिशत, २ वर्ष माथिको अवधिका लागि ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यता संस्थागतमा २ वर्ष अवधिसम्मका लागि ३.०५ प्रतिशत र २ वर्षभन्दा माथिको अवधिका लागि ४ प्रतिशत र रेमिटेन्स फिक्स्ड डिपोजिटमा ६२५ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले साउनका लागि मुद्दती निक्षेपमा व्यक्तिगतमा अधिकतम ६.२५ प्रतिशत र संस्थागतमा ४.२५ र रेमिटेन्समा ७.७५ प्रतिशत ब्याजदर ताकेको थियो ।