अधिकांश वाणिज्य बैंकले भदौका लागि थप ब्याजदर घटाए, कुन बैंकको कति ?

अधिकांश वाणिज्य बैंकले भदौका लागि थप ब्याजदर घटाए, कुन बैंकको कति ?


काठमाडौं – अधिकांश वाणिज्य बैंकहरुले भदौका लागि निक्षेपको थप ब्याजदर घटाएका छन् । अधिकांश वाणिज्य बैंकहरुले भदाैका लागि व्यक्तिगत मुद्दती निक्षेपमा थप ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् ।

२० वाणिज्य बैंकमध्ये प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने ७ बैंकले स्थिर राखेका छन्। प्राइम कमर्सिय ल बैंकले साउनमा ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेकाेमा भदाैमा बढाएर ६.७५ प्रतिशत पुर्याएकाे छ ।

स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे कुमारीले बैंकले ब्याजदर स्थिर राखेका छन् । यी बैंकले साउनका लागि क्रमश: ७ प्रतिशत , ६.२५ प्रतिशत, ६.५ प्रतिशत ,६.७५ प्रतिशत ब्याजदर ताेकेका थिए।

कृषि विकास बैंकले भदाैका लागि ६.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेकाे छ । साे बैंककाे साउनमा ६.२९ प्रतिशत ब्याजदर ताेकेकाे थियाे । यसैगरी, साउनका लागि ६.२१ प्रतिशत ब्याजदर ताेकेकाे राष्ट्रिय वाणिज्य बैंकले भदाैका लागि ६.०७ प्रतिशत ताेकेकाे छ ।

नेपाल एसबीआई बैंकले साउनका लागि ६.३ प्रतिशत ब्याजदर ताेकेकाेमा भदाैका लागि ६.२५ प्रतिशत ब्याजदर ताेकेकाे छ । यस्तै, नेपाल बैंकले ६.२५ प्रतिशतबाट घटाएर ५.२५ प्रतिशत, सानिमा बैंकले ६.४ प्रतिशतबाट ६.२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७ प्रतिशतबाट ६.५ प्रतिशत, सिद्धार्थ बैंक ६.७५ बाट ६.५ प्रतिशतमा झारेका छन् ।

यस्तै, प्रभु बैंक ७ प्रतिशतबाट ६.१ प्रतिशत, एनएमबी ७.५३ प्रतिशतबाट ७.४१, एनआईसी एशिया ७.५३ प्रतिशतबाट ७.४१ प्रतिशत, हिमालयन बैंक ७.५ प्रतिशतबाट ७ , एभरेष्ट बैंक ६.३ प्रतिशतबाट ६.१ प्रतिशतमा झारेका छन् ।

भदाैका लागि १२ बैंकले ब्याजदर घटाएका छन् । जसले गर्दा औसत ब्याजदर पनि घटेको छ। साउन महिनामा व्यक्तिगत मुद्दतीमा २० वाणिज्य बैंकहरुको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत रहेकोमा भदौमा घटेर ६.५४ प्रतिशतमा सिमित भएकाे छ ।