नेप्से परिसूचकले पार गर्यो ३ हजार अंकको बिन्दु

नेप्से परिसूचकले पार गर्यो ३ हजार अंकको बिन्दु


काठमाडौं – शेयर बजार परिसूचक ३ हजार अंकको बिन्दुमाथि पुगेको छ । नयाँ सरकार गठन भएयता निरन्तर उकालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ हजार अंकको बिन्दुभन्दा माथि पुगेको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता साझेदारी गर्ने सहमतीयता असार १७ गतेदेखि निरन्तर बजार उकालो यात्रामा छ । त्यसयता एकाध पटक बजारमा ‘करेक्सन’ आउनुबोहक गिरावट आएको छैन ।

यसअघि नेप्से परिसूचक २०२१ को सेप्टेम्बर ८ मा ३ हजार अंकको बिन्दुमा थियो । कोरोना महामारीको समयमा परिसूचक ३१ सय ९८ अंकपुगेर झरेपछि त्यो नै अन्तिमपटक परिसूचक ३ हजार अंकको बिन्दुमा थियो ।

आज कारोबार सुरु भएदेखि यो समाचार तयार पार्दासम्मको अवधिमा नेप्सेमा ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ । यस्तै ८३ लाख ७५ हजार कित्ता शेयर किनबेच भइसकेको छ ।

समाचार तयारपार्दासम्म नेप्से परिसूचक ५९.१३ अंकले बढेर ३ हजार १६ अंकको बिन्दुमा पुगेको छ ।