प्रि ओपन सेसनमा २१ अंक बढ्यो नेप्से

प्रि ओपन सेसनमा २१ अंक बढ्यो नेप्से


काठमाडौं – आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रि ओपन सेसनमा २१.८४ अंकले बढेको छ । बुधबार ३४ अंकभन्दा बढीले बढेको नेप्से परिसूचक आज प्रि–ओपन सेसनमा नै २१.८४ अंकले बढेको हो ।

यससँगै नेप्से परिसूचक २९ सय ७९ अंक पुगेको छ । यसक्रममा आज ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै २० वटा कम्पनीको शेयर मूल्य घट्दा १५ वटाको स्थिर कायम भएको छ ।

प्रि ओपन सेसनमा नै २ करोड ८६ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । यसक्रममा ५४ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । नबिल बैंक, एसबीआई, एसटीसी लगायत कम्पनीको शेयर मूल्य बढेको छ ।