काठमाडौं– बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा अधिकांश सूचकमा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा, विद्युत बिक्रीबाट हुने नाफा लगायतका प्रमुख वित्तीय सूचकहरुमा गिरावट आएको हो ।
एक वर्षमा कम्पनीको खुद नाफा ९७ दशमलव ३१ प्रतिशतले घटेर ३ लाख एक हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ९५.६२ प्रतिशतले घटेर ३४ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ ।
प्रतिक्रिया