काठमाडौं – साताको चौथो करोबारको दिन बुधबार शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको । आज शेयर बजार मापक नेप्से परिसूचक नेप्से ३४. २९ अंकले बढेको हो । आज १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ।
आज ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ ।
आज यस कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपिको ७५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै ९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
प्रतिक्रिया