राष्ट्र बैंकले रेमिट कम्पनी मर्जरको नीति लिएको छ : चन्द्र ढकाल

राष्ट्र बैंकले रेमिट कम्पनी मर्जरको नीति लिएको छ : चन्द्र ढकाल


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल राष्ट्र बैंकले रेमिट कम्पनीको मर्जरको नीति लिएको बताएका छन् । आइएमई र जिएमई रेमिट गाभिएर आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु गर्न भएसँगै आयोजित कार्यक्रमा बोल्दै उनले राष्ट्र बैंकले लिएकाे रेमिट कम्पनीको मर्जरको नीतिकाे पहिलो कार्यान्वयनकर्ता आफूहरू बनेको पनि दाबी गरेका छन् ।

साथै, ढकालले ‘रेमिट्यान्स’ अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंककाे तथ्याङ्क रहेको बताए । उनले आइएमई सुरुआतको समय करिब २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स’ अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको धारणा पनि राखे ।

नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा बैंक तथा वित्तीय संस्थाको रहेको पनि उनले बताए । साथै, सरकार तथा नियामक राष्ट्र बैंकले ल्याउने नीतिनियमको कार्यान्वयनमा आइएमई ग्रुप अग्रस्थानमा रहेको अध्यक्ष ढकालको दाबी छ ।

‘राष्ट्र बैंकले बैंकको पुँजी बढाउन एकापसमा गाभ्ने नीति ल्याउँदा त्यसको कार्यान्वयनमा हामी सदैव पहिलो पङ्क्तिमै उभिने गरेका छौँ । विभिन्न २१ बैंक तथा वित्तीय संस्था गाभिएर ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ,’