नेको इन्सुरेन्सको नाफा साढे ६८ करोड माथि

नेको इन्सुरेन्सको नाफा साढे ६८ करोड माथि



काठमाडौं – नेको इन्सुरेन्सले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ६८ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमाससम्ममा कम्पनीले ७० करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा २।७४ प्रतिशतको गिरावट आएको छ।

२०८१ असार मसान्तसम्ममा कम्पनीले २ अर्ब ९५ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले ३ अर्ब ३ करोड ३३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २.६० प्रतिशतले घटेको छ।

समीक्षा वर्षमा कम्पनीले १ अर्ब ६६ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ७।३१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ७९ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ईपीएस० घटेर ३४।०७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस ३५।०३ रुपैयाँ थियो। पीई रेसियो २४.५३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २७२.८१ रुपैयाँ रहेको छ।