प्रभु इन्स्योरेन्सको खुद नाफा ४९ करोड ८ लाख रुपैयाँ, अन्य सूचक कस्ता ?

प्रभु इन्स्योरेन्सको खुद नाफा ४९ करोड ८ लाख रुपैयाँ, अन्य सूचक कस्ता ?


काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ मा प्रभु इन्स्योरेन्सकाे नाफामा दाेब्बर वृद्धि देखिएकाे छ । कम्पनीले सार्वजनिक गरेकाे गत आवको अपरिष्कृत वित्तीय विवरणमा नाफामा दाेब्बर वृद्धि देखिएकाे हाे ।

समिक्षा अवधिमा कम्पनीकाे खुद नाफा ४९ करोड ८ लाख रुपैयाँ खुद नाफा रहेकाे छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २२ करोड ५० लाख रुपैयाँ थियो । कम्पनीको कुल आम्दानी बढ्दा नाफामा टेवा पुगेको छ । कम्पनीको कुल आम्दानी गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा ८९ करोड ८० लाख रुपैयाँ थियो ।

कम्पनीकाे खुद प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्षमा ५७ करोड ७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ६५ करोड २२ लाख रुपैयाँ छ । नाफासँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि देखिएकाे छ ।

अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १५ रुपैयाँ ६१ पैसा रहेकोमा गत आर्थिक वर्षमा ३४ रुपैयाँ ०५ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २२२ रुपैयाँ १९ पैसा छ ।