शेयर बजारमा सामान्य करेक्सन, नेप्से ८ अंकले घट्दा २१ अर्ब माथिको कारोबार 

शेयर बजारमा सामान्य करेक्सन, नेप्से ८ अंकले घट्दा २१ अर्ब माथिको कारोबार 


काठमाडाैं – साताकाे तेस्राे कराेबारकाे दिन मंगलबार शेयर बजारमा सामान्य अंककाे करेक्सन देखिएकाे छ । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार ७०.८१ अंकले बढेकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ८.१८ अंकले घटेको हो ।

आज ८.१८ अंकले घटेको बजारमा ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।