काठमाडौं – सानिमा बैंक लिमिटेडले शेयरधनीको स्वामित्वमा रहेको ३८ हजार बढी कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ । बैंकले प्रतिकित्ता १४५ रूपैयाँमा ३८ हजार ४५७ शेयर बिक्रीमा राखेकाे हाे।
अहिलेलाई यो शेयर संस्थाका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ । आवेदन न्यूनतम १० हजार कित्ताका लागि दिनुपर्नेछ ।
प्रतिक्रिया