काठमाडौं – आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ सय अंकमाथि पुगेको छ । आज कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक २०७८ माघ १२ गतेयता पहिलोपटक २९ सय अंकको बिन्दुमा पुगेको हो ।
सो मितिमा अन्तिम पटक नेप्से परिसूचक २९ सय अंकको बिन्दुबाट माथि थियो । तर त्यसयता निरन्तर घटेको नेप्से परिसूचक लगातार ३ वर्ष घट्यो र १८ सय अंकको बिन्दुसम्म आइपुग्यो । फेरी यतिबेला ‘बुलिस ट्रेण्ड’ सुरु भएर परिसूचक २९ सय अंकको बिन्दुबाट माथि पुगेको हो ।
यो समाचार तयार पार्दासम्म ६४ अंकले बढेर नेप्से परिसूचक २९ सय २५ अंकमा पुगेको छ । आज प्रि–सेसनमा नै नेप्से १५ अंकले बढेको थियो । समाचार तयार पार्दासम्म २.२७ प्रतिशतले परिसूचक बढ्दा कारोबार रकम समेत ९ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
यतिबेलोसम्मको कारोबार रकमको गति हेर्दा आज नेप्सेमा किर्तिमानी कारोबार हुने देखिन्छ । यसअघि हिजो आइतबार नेप्सेमा २५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको थियो । यो अहिलेसम्मकै उच्च कारोबार हो । आज यो कारोबार रकमलाई समेत ‘ब्रेक’ गर्ने छाँट देखिन्छ ।
प्रतिक्रिया