काठमाडौं – आज सोमबारको प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५६४ अंकले बढेको छ । हिजो आइतबार ९४ अंकले बढेर बन्द भएको नेप्से परिसूचक आज प्रि–ओपन सेसनमा नै ०.५४ अंकले बढेको हो ।
यससँगै परिसूचक २८ सय ७६ अंकमा पुगेको छ । यस्तै यसक्रममा आज २ करोड ६५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । यस्तै ६४ हजार २३४ कित्ता शेयर किनेबच भएको छ ।
यस्तै ८० कम्पनीको मूल्य बढ्दा २१ वटा कम्पनीको मूल्य घटेको छ । १६ कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा एनआईएमबीको शेयर मूल्य सबैभन्दा धेरैले बढेको छ ।
प्रतिक्रिया