काठमाडौं – पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा तत्काल अध्यक्ष नियुक्त गर्न संघीय सरकारअन्तर्गत प्रतिनिधिसभाको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ । सात महिनादेखि रिक्त रहेको उक्त पदमा अध्यक्ष चयन नहुदाँ अर्बौ रुपैयाँको निष्कासन रोकिएको भन्दै समितिले तत्काल उपयुक्त र योग्य व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न निर्देशन दिएको हो।
समितिले पुँजी बजार संवेदनशील क्षेत्र भएको र आम लगानीकर्ताको आर्थिक पक्षसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्न समेत सरोकारवालाहरुलाई ध्यानाकर्षण गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया