काठमाडाैं – हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखा र धनुषा जिल्ला, मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा – २ लाई स्थानान्तरण गरी आजेदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको छ ।
बैंकले ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा – २ लाई जनकपुरधाम, धनुषा जिल्ला पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरी संचालनमा ल्याएको हो ।
बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा रहेका थिए । हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २७२ एटिएम र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया