अनुमतिपत्र प्राप्त संस्थाहरुबाट मात्र भुक्तानी सम्बन्धी कार्य गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

अनुमतिपत्र प्राप्त संस्थाहरुबाट मात्र भुक्तानी सम्बन्धी कार्य गर्न नेपाल राष्ट्र बैंकको निर्देशन


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले अनुमति पत्र प्राप्त संस्थाहरुबाट मात्र भुक्तानी सम्बन्धि कार्य गर्न निर्देशन दिएको छ । बैंकले भुक्तानी तथा पस्र्यौट ऐन, २०७५ को दफा ५ अनुसार कसैले पनि केन्द्रीय बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न नपाईने प्रावधान रहेको जनाएको छ । 

तर केही संस्थाहरुले अनुमति नलिई भुक्तानी सम्बन्धि कार्य गरीरहेको जानकारी आएकाले बैंकको यसमा ध्यानाकर्षण भएको छ । केन्द्रीय बैंकले अनुमतिपत्र नलिई भुक्तानी सम्बन्धि कार्य गर्नु गराउनु गैरकानुनी भएकाले त्यस्तो कार्य गर्ने, गराउनेलाई प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी दिएको छ । 
\"\"