बीमाप्रति सर्वसाधारण : बीमा कम्पनीहरुले लुटतन्त्र मच्चाइरहेका छन्

बीमाप्रति सर्वसाधारण : बीमा कम्पनीहरुले लुटतन्त्र मच्चाइरहेका छन्

नमुना के. सी.

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बीमालाई जोखिम हस्तान्तरणको माध्यम वा जोखिम व्यवस्थापनको एक महत्त्वपूर्ण औजारकारुपमा लिइन्छ । विकसित मुलुकहरूमा बीमा अनिवार्य जस्तै भइसकेको छ । नेपालजस्ता विकाशसील देशमा भने विकसित देशको जस्तो बीमा प्रति सर्वसाधारणको चेतना बढिसकेको छैन भने कम्पनीहरुले पनि जिम्मवारपूर्ण ढंगले आफ्नो भूमिका निर्वाह गर्छन् । नेपाली सर्वसाधारणमा केही हदसम्म बीमा गर्नुपर्छ भन्ने सचेतना परिसकेको छ । तर अझै पनि स्वेच्छाले बीमा गर्नुपर्छ भन्ने चेत कमैमा छ ।

बीमाको महत्वलाई बुझेकाहरूबाट बीमा गर्नुपर्छ, जविनमा आवश्यक छ भन्ने प्रतिक्रिया पाउन सक्छौ । र अझै पनि बीमाको विषयमा नसुनेका र बीमाको बुझाइबाट बञ्चित सर्वसाधारण बीमा कम्पनीहरु लुटतन्त्र मच्चाउँछन् भन्ने विश्वास गर्छन् । बैंकिङ समाचारले साप्ताहिकरुपमा सर्वसाधारणसँग बीमा प्रतिको बुझाई र धारणा लिँदै आइरहेको छ । त्यसक्रममा कतिपयले खुलमखुल्लारुपमा बीमा कम्पनीहरुले सर्वसाधारणमाथि लुटतन्त्र मच्चाइरहेको समेत भन्न भ्याए । यसले बीमा कम्पनीहरुले अझै पनि सर्वसाधारणको मन जितिसकेको छैन भन्ने पक्ष दर्साउँछ । यो साताको बीमा प्रति सर्वसाधारणको बुझाईको श्रृङ्खला यसप्रकार छः–

विष्णुमाया श्रेष्ठ – बीमा क्षेत्रमा अभिकर्ताको भूमिकामा कार्यरत श्रेष्ठ बीमा अत्यावश्यक रहेको बताउँछिन् । बैंकिङ समाचारसँगको कुराकानीकाक्रममा उनी भन्छिन्, ‘थोरै पैसाको बीमा गरेपनि जोखिम कभरेज गरिदिन्छ । सबैले बीमा गर्नुपर्छ ।’ बैंकमा पैसा राख्दा बचत हुने भएपनि जोखिम कभर नहुने उनको तर्क छ । उनका अनुसार बीमाले आफू हुदाँ पनि र आफू नहुँदा पनि परिवारलाई आर्थिकरुपमा सहयोग पुग्छ । बीमाले आफ्नै केही व्यवसाय गर्न चाहनेहरूका लागि पनि सहयोग पुग्छ ।

देवराज अधिकारी – बैंकिङ समाचारसँग सर्वसाधारणकारुपमा सम्पर्कमा आइपुगेका अधिकारी आफूलाई बीमाबारे राम्रो जानकारी नरहेको स्वीकार्छन् । ‘मलाई बीमाको विषयमा धेरै जानकारी छैन् र बीमा गर्न तिर्नुपर्ने प्रिमियका लागि आफूसँग रकम छैन,’ अधिकारी भन्छन् । आफ्नो दैनिकी चलाउनकै लागि समस्या परिरहँदा बीमा गर्नूपर्ने भन्ने तर्क आफूलाई ठिक नलाग्ने उनी बताउँछन् ।

त्रिलोचन घिमिरे – प्राध्यापक पेसामा आबद्ध घिमिरे एक तह माथि उठेर बीमा गर्नैनहुने तर्क अघि सार्छन् । बीमा गर्नुपर्ने विषयमा विश्वास नराखे पनि चिनजानको भाईको जर्बजस्तीका कारणले बीमा गरेका छन् घिमिरेले । ‘बीमा कसैलाई पनि गर्नुपर्छ भन्दिन । किनकि मलाई बीमा जीवनको सहयोगी पक्ष हो जस्तो लाग्दैन,’ घिमिरे भन्छन्, ‘बीमा लुटतन्त्र हो ।’ प्राध्यापक घिमिरे बीमा कम्पनीहरुले सर्वसाधारणमाथि बीमाको नाममा लुट मच्चाइरहेको दाबी गर्छन् ।

रुपा अरियाल – काठमाडौंमा व्यवसाय गरिरहेकी अरियालले बीमा गरेकी छैनन् । बीमा गर्नुपर्ने बारे जानकारी रहेपनि अहिलेसम्म नगरेको उनी बैंकिङ समाचारलाई बताउँछिन् । ‘बीमा गर्नुपर्छ भन्ने थाहा छ तर बीमा गरेको छैन,’ अरियाल थप्छिन्, ‘जबसम्म पर्दैन तबसम्म गरिँदैन भन्ने उखान छ, त्यस्तै भइरहेको हुन सक्छ ।’ तर बीमा गर्नुपर्नेमा उनी सहमत छिन् ।

यो पनि