मिथिला लघुवित्तको नाफामा ६० प्रतिशतको वृद्धि

मिथिला लघुवित्तको नाफामा ६० प्रतिशतको वृद्धि


काठमाडाैं –मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष २०८०/८१ मा ६०.८५ प्रतिशतले खुद नाफा बढेको छ। कम्पनीले गत वर्ष ४ करोड ७५ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो वर्ष खुद नाफा २ करोड ९५ लाख ५९ हजार रुपैयाँ मात्रै थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि ५६.०२ प्रतिशतले बढेर १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको अघिल्लो वर्ष खुद ब्याज आम्दानी ९ करोड ४४ लाख ७६ हजार रुपैयाँ थियो । कम्पनीको कर्मचारी खर्च ४.८९ प्रतिशतले बढेर ६ करोड ३९ लाख र अन्य सञ्चालन खर्च ३८.९६ प्रतिशतले बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको सञ्चालन नाफामा ३०२६.६५ प्रतिशतको भारी वृद्धि भएको छ । गत वर्ष कम्पनीले ५ करोड ९३ लाख ७५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा १८ लाख ९९ हजार रुपैयाँ थियो ।

गत वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी ३८.६६ प्रतिशतले बढेर १८ करोड ८० लाख ५७ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष १३ करोड ५६ लाख २१ हजार रुपैयाँ मात्रै थियो । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ २६ पैसा र प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ २२ पैसा छ । कम्पनीको खराब कर्जा १.३९ प्रतिशतले घटेर ३.३९ प्रतिशतमा झरको छ ।