सबैभन्दा बढी रेमिट्यान्स बैंकिङ्ग प्रणालीमार्फत

सबैभन्दा बढी रेमिट्यान्स बैंकिङ्ग प्रणालीमार्फत


काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सबैभन्दा बढी बैंकिङ्ग प्रणालीबाट रेमिट्यान्स पठाउने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवर्द्धनका उपायबारे गरेको अध्ययन प्रतिवेदनमा वैदेशिक रोजगारीमा रहेका धेरैले  रेमिट्यान्स पठाउँदा बैंकिङ्ग प्रणालीलाई राेजेकाे पाइएकाे हाे । 

केन्द्रीय बैंककाे तथ्यांकअनुसार  वैदेशिक रोजगारीमा रहेका व्यक्तिमध्ये ९२.२ प्रतिशतले विप्रेषण आय बैंक तथा वित्तीय संस्था र रेमिट कम्पनीमार्फत् नेपाल पठाएको बताएका छन् । प्रतिवेदनले यसमध्ये ७.८ प्रतिशतले मात्र साथीमार्फत पठाउने गरेको उल्लेख गरेको छ।

रोजगारीमा जाने करिब ३० प्रतिशत व्यक्ति पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका र ७० प्रतिशत कम्तीमा एक पटक गएको प्रतिवेदनमा उल्लेख छ। जसमा महिलाको सङ्ख्या १९.२ प्रतिशत छ।

२०.९ प्रतिशत पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेको प्रतिवेदनमा उल्लेख छ । बैंकिङ्ग प्रणालीबाट रेमिट्यान्स भित्रिने क्रम बढ्नुलाई  नेपाल सरकार र राष्ट्र बैंकले विगतदेखि विप्रेषण आय बैंकिङ्ग प्रणालीबाट भित्र्याउन गरिरहेको प्रयासको परिणामको रूपमा लिन सकिन्छ।