काठमाडौं – कोका–कोलाले, एटेलियर प्लेटफर्मसँगको साझेदारीमा, सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सम्पन्न गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण अन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग हो । जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्शाहन गर्ने कम्पनीले जनाएको छ ।
सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको थियो । काठमाडौं, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरमा उत्साही महिला सहभागीहरूबाट रोचक विचार र व्यवसायिक योजनाका प्राप्त भएको थियो ।
कार्यक्रममा बोल्दै बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ्ग डाईरेक्टर दीपक सेन्थिल नाथ भने, ‘सक्षम एक्सेलेटर एण्ड मेन्टरशिप प्रोग्रामले नेपालमा महिला उद्यमशीलतालाई बढावा दिन र दिगो विकासलाई अगाडि बढाउने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।’ आवेदकहरूका नवीन विचारहरू र सफलताको सम्भावनाको आधारमा १० असाधारण फाईनलिस्टहरू सावधानीपूर्वक चयन गरिएका थियो ।
फाइनलमा अर्चना श्रेष्ठ, इन्दु श्रेष्ठ, लुनिवा शाक्य, प्रतिमा बस्याल, रचना पौडेल, रोजी महर्जन, सबिना चौधरी, सुस्मिता पौडेल, श्रेया मल्ल र श्रेया चोछे छनोट भएका थिए । कार्यक्रमभर पÞmाइनलिस्टहरुले लिङ्ग, विविधता, समानता, समावेशीकरण जस्ता आवश्यक विषयहरू समेटेर सम्मानित सल्लाहकारहरूको अवलोकनमा रहेर विभिन्न सेशनहरुमा भाग लिएका थिए ।
प्रतिक्रिया