काठमाडौं – आज साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा १३.१६ अंकले बढेको छ । कारोबार बन्द हुँदासम्म आजको प्रि–ओपन सेसनमा ०.४७ प्रतिशतले शेयर बजार बढेको हो ।
यससँगै आज नेप्से परिसूचक २७ सय ७२ अंकमा पुगेको छ । यसक्रममा ५५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १९ वटाको घटेको छ भने ८ वटाको स्थिर छ ।
आजको प्रि–ओपनमा १ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया