बंगलादेशको केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

बंगलादेशको केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा


काठमाडौं – हिंसामा परिणत भएको बंगलादेशका केन्द्रीय बैंकका डेपुटी गभर्नरले राजीनामा दिएका छन् । आक्रोशित आन्दोलनकारीहरूको दबाबमा बंगलादेश बैंकका डेपुटी गभर्नर काजी सइदुर रहमानले राजीनामा बुझाएका हुन् ।

प्रदर्शनकारीहरू सइदुर रहमानप्रति आक्रामक थिए । सुरक्षाको घेरामा रहेका उनीमाथि हातपात भने भएन । आक्रोशित प्रदर्शनकारीको मागपछि केन्द्रीय बैंकका चार डेपुटी गभर्नर र वित्तीय गुप्तचर विभागका प्रमुखले ‘राजिनामा’ दिएका छन् । कार्यालयमा रहेकाले यसअघि नै छाडेका छन् ।

आन्दोलनमा सयौं पदाधिकारी तथा कर्मचारी सहभागी भएका थिए । बैंकिङ्ग क्षेत्रमा भएको अनियमितता र भ्रष्टाचारमा बैंकका यी उच्च अधिकारी नै जिम्मेवार रहेको उनीहरुको दाबी छ ।

महान्यायाधिवक्ता एएम अमिन उद्दिनले पनि राजीनामा दिएका छन् । महान्यायाधिवक्ता एएम अमिन उद्दिनले राजीनामा पत्र बुझाएका हुन् । बुधबार दिउँसो १२:३० बजे उनले व्यक्तिगत कारण देखाउँदै राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।