शेयर बजारमा ‘सेल प्रेसर’, लगानीकर्ता नाफा बुकतर्फ लाग्दा परिसूचक ओरालो

शेयर बजारमा ‘सेल प्रेसर’, लगानीकर्ता नाफा बुकतर्फ लाग्दा परिसूचक ओरालो


कामाडौं – आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेल प्रेसर बढेको छ । लगानीकर्ता नाफा बुक गर्नतर्फ केन्द्रित हुँदा बजारमा सेल प्रेसर देखिएको हो ।

नाफा बुक गर्नतर्फ लगानीकर्ता लाग्दा बजार यो समाचार तयार पार्दासम्म ३१ अंकले घटेको छ। यस बेलासम्म नेप्सेमा ८ अर्ब ४४ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै, ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको सेयर मूल्य स्थिर छ। परिसूचक ३१ अंकले घटेसँगै नेप्से २७ सय ६५ अंकमा आइपुगेको छ ।

नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको २० करोड शेयर धितो कर्जाको सिमा खारेज गरेपछि नेप्से उकालो लाग्न थालेको थियो । त्यसपछि बैंक तथा वित्तीय संस्थाहरुको गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएपछि शेयर बजारमा तीव्र घटबढ देखिएको थियो ।