खराब कर्जाको चपेटामा भारतीय बैंकः बरोडा बैंकको मात्रै ७३ हजार कर्जा डुब्ने खतरा

खराब कर्जाको चपेटामा भारतीय बैंकः बरोडा बैंकको मात्रै ७३ हजार कर्जा डुब्ने खतरा


बैकिङ्ग समाचार ।
भारतको बैंकिङ क्षेत्रको खराब सम्पत्तीको हिस्सा झनै बढ्ने देखिएको छ । विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण एक महिना भन्दा धेरै समय लकडाउन भएपछि खराब सम्पत्तीको अंश झनै उच्च दरमा वढ्ने अनुमान गरिएको छ ।

अघिल्लो वर्ष अर्थात सन २०१८ को डिसेम्बरमा भारतीय बैंकिङ क्षेत्रको खराव कर्जाको अंश कुल कर्जाको ११.२ प्रतिशत रहेको थियो । गत वर्ष अर्थात सन २०१९ को डिसेम्बरमा खराब सम्पत्तीको दर घटेर ९.१ प्रतिशतमा आएको छ । तर, सान २०२० मा बैंकिङ क्षेत्रको खराब सम्पत्ती झनै उच्च दरमा वढ्ने अनुमान विश्लेषकहरुले गरेका छन ।

लकडाउनका कारण कर्जा तिर्नमा सहुलीयत तथा समयअवधि थप गर्ने तथा ब्याजमा छुट दिने नीति रिजर्भ बैंक अफ इण्डियाले लिएको भएपनि कोरोनाका कारण विग्रेको अर्थतन्त्रमा करिब एक महिना भन्दा वढी ठप्प रहेका उद्योग कलकारखानाले समयमा नै कर्जा तिर्छन भन्ने यकिन छैन । 

त्यसका साथै सबै उद्योग ब्यावसाय कोरोना माहामारी सकिएपछि पुरानै स्थितीमा फर्केर सञ्चालन हुन सक्छन की सक्दैन भन्ने विषय पनि छलफलमा आउन थालेपछि खराव सम्पत्तीको दर अझै वढ्ने अनुमान गरीएको हो ।
नेपाली बैंकिङ क्षेत्रको खराब सम्पत्ती समेत वढ्ने

नेपालको सन्दर्भमा २ प्रतिशत पुग नपपुग खराब सम्पत्ती रहेको बैंकिङ क्षेत्रमा कोरोनाका कारण करिब डेढ महिनासम्मको लकडाउनले ठप्प भएको अर्थतन्त्रको असर खराब सम्पत्तीमा पनि पर्ने देखिन्छ । चालु आर्थिक वर्षको नेपाली बैंकिङ क्षेत्रको खराब सम्पत्ती समेत वढ्न बैंकहरुले बताउदै आएका छन् ।

केही महिना अघि मात्र यस बैंकमा समस्या आएपछि सरकारले नै संस्थालाइ बचउन विभिन्न प्याकेज ल्याएको थियो । साथै नयाँ लगानीकर्ता भित्राएर बै.कलाइ पुन सञ्चालनका लागि योग्य बनाएको अवस्था छ । भारतीय वित्तीय क्षेत्र दिन प्रति दिन जटील बन्दै गएको अवस्था छ ।

भारतीय बैंकहरुमा खराब सम्पत्तीको दर उच्च रहेको अवस्थामा कोरोना माहामारीले यसलाइ अझै उच्च दरमा वढाउने जोखिम पनि उत्तिकै छ । यसका लागि पछिल्लो समयमा दुई बैंकको खराब सम्पत्तीको सुचना राइट टु इन्र्फमेसन(आरुटीआइ)को माध्यमवाट बाहीर आएको छ । भारतीय सञ्चार माध्यहरुले जनाएअनुसार आरटीआइको मार्फत पाएको सुचनाका आधारमा बैंक अफ बडोदाको खराब सम्पत्ती ६ वर्षको अवधिमा ६ गुणानाले वढेको छ भने इण्डियन बैंकको ४ गुणाले वढेको छ ।

बैंक अफ बरोडाको खराब सम्पत्ती अहिले ७३ हजार १ सय ४० करोड भारतीय रुपैयाँ रहेको छ । त्यसैगरी इण्डियन बैंकको खराब सम्पत्ती ३२ हजार ५ सय ६१ करोड भारतीय रुपैयाँ बरावरको खराब सम्पत्ती रहेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन ।

आटीआइले सुचना मागेका भारतीय नागरिकलाइ दिएको जानकारी अनुसार बैंक अफ बरोडाको खराब सम्पत्ती सन २०१४ मार्च अन्तिममा ११ हजार ८ सय ७६ करोड भारतीय रुपैयाँ रहेको थियो । यो खराब कर्जा सन २०१९ डिसेम्बरमा आइपुग्दा ६ गुणाले वढेर ७३ हजार १ सय ४० करोड भारतीय रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको खराब सम्पत्ती खाताको संख्या २ लाख ८ हजार ३५ वाट वढेर ६ लाख १७ हजार ३ सय ६ पुगेको छ ।

त्यसैगरी इण्डियन बैंकको खराब सम्पत्ती सन २०१४ मार्चमा ८ हजार ६८ करोड भारतीय रुपैयाँ रहेको थियो । सन २०२० मार्चसम्ममा बैंकको खराब सम्पत्ती ४ गुणासम्मले वढेर ३२ हजार ५ सय ६१ करोड भारतीय रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकका खराब सम्पत्तीका खाता पनि २ लाख ४८ हजार ९ सय २ज्ञ वाट वढेर ५ लाख ६४ हजार ८ साय १६ पुगेको छ । आटीआई मार्फत आएको जानकारी अनुसार बैंकले एसएमएस, न्यूनतम मौज्दात, लकर शुल्क, टेविट तथा क्रेडिट कार्ड शुल्क लगायतका विभिन्न धेरै शिर्षकमा सेवा ग्राहीवाट अशुल्ने गरेका हुन्छन ।

बैंक अफ बरोडाले सन २०१८ अप्रिल देखि २०२० फेब्रुअरीसम्ममा एसएमएस सेवा शुल्कवाट मात्रै १०७.७ करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ । यहि अवधिमा इण्डियन बैंकले भने २१ करोड भारतीय रुपैयाँ आम्दानी गरेको जनाएको छ । आरटिआइ मार्फत मागिएको यो सुचना माग्ने व्यक्तिले एसविआई बैंक र नेशनल पन्जाब बैंकको पनि तथ्याङ मागेको जनाएका छन । तर, हालसम्म यी दुइ बैंकको तथ्याङक भने उपलब्ध भैनसकेको उनले बताएका छन ।