प्रभु बैंकको नाफा ४ अर्ब ४८ करोड, अन्य सूचक कस्ता ?

प्रभु बैंकको नाफा ४ अर्ब ४८ करोड, अन्य सूचक कस्ता ?


काठमाडौं– प्रभु बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा पनि बैंकले २८ करोड २ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने १४९९.०४ प्रतिशत बढी हो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी पनि १९.४३ प्रतिशत बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि बढेर ७ अर्ब ५ करोड ५० लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २२ करोड ३९ लाख ४५ हजार रुपैयाँ छ।

हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ भने बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड २१ लाख रुपैयाँ राखेको छ। बैंकको खराब कर्जा गत वर्ष आइपुग्दा भने घटेर ४.७८ प्रतिशत कायम भएको छ ।

समिक्षा वर्षमा बैंकले ३ खर्ब ५ अर्ब १ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी २ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह २ अर्ब ८९ करोड ९ लाख र २ खर्ब ३४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।