एनआईसी एशिया बैंकको नाफा १ अर्ब ३८ करोड, अन्य सूचक कस्ता ?


काठमाडौं– एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३८ करोड १८ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकको नाफा ४ अर्ब ४४ करोड ४७ लाख ७९ हजार रुपैयाँ थियो । गत वर्ष बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घटेको हो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेर १० अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब २५ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

त्यस्तै, बैंकको सञ्चालन नाफा पनि ५३।८३ प्रतिशतले घटेर ३ अर्ब १ करोड ८१ लाख ६१ हजार रुपैयाँमा पुगेको छ भने बैंकको खराब कर्जा १.७४ प्रतिशत बढेको छ। असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ छ भने बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ राखेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोड ४० लाख ५९ हजार रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंक ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।