काठमाडौं – नबिल बैंकले आर्थिक वर्ष २०८०/८१ को समीक्षा वर्षमा बैंकले ७ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब ४० करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो वर्ष बैंकको सञ्चालन मुनाफा पनि ३.५१ प्रतिशतले बढेर ९ अर्ब ८४ करोड ६८ लाख रुपैयाँमा कायम भएको छ ।
अघिल्लो वर्ष यस्तो मुनाफा ९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको नाफामा १०.२३ प्रतिशतले बढी हो । नबिल बैंकको यो नाफा वाणिज्य बैंकहरुमै सबैभन्दा बढी हो ।
समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १६ अर्ब २० करोड ७० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी १७ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा ८.६९ प्रतिशतको कमी आएको छ ।
आव २०८०/८१ मा बैंकको ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ३ अर्ब १८ करोड ७० लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षका लागि बैंकको लाभांश क्षमता १४.२६ प्रतिशतभन्दा बढी देखिन्छ ।
बैंकको खराब कर्जा अनुपात एनपीएल घटेर १.०७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष एनपीएल १.१८ प्रतिशत थियो । खराब कर्जा मेन्टेन गर्न बैंकले ३ अर्ब २२ करोड ४३ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ ।
चुक्तापुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा २८ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा वर्षमा बैंकले ४ खर्ब ६२ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षमा बैंकले ३ खर्ब ९६ अर्ब ८४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी ईपीएस बढेर २६.०९ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस २३.६७ रुपैयाँ थियो ।



About Us
प्रतिक्रिया