नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ५ अर्ब १९ करोड रुपैंया



काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले असार मसान्तसम्ममा ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रकाशित विवरण अनुसार बैंकले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९।७१ प्रतिशत बढी हो ।

समीक्षा अवधमिा बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ११।१७ प्रतिशत, कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत र सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र जगेडा कोष २६.३८ प्रतिशत बढेर २७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप १३.८३ प्रतिशत बढेर ४ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ र कर्जा १.५४ प्रतिशत बढेर ३ खर्ब ७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ४ रुपैयाँ ३३ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।