काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद नाफामा ४.७८ प्रतिशत गिरावट आएको हो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेर ७ अर्ब ९९ करोड ३५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८ अर्ब १८ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ५७ करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकको वितरणयोग्य नाफा घटेर ३६ करोड ६६ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकले गत आर्थिक वर्षमा निक्षेप संकलन २ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ र कर्जा लगानी १ खर्ब ९५ अर्ब ३२ करोड रुपैयाँ गरेको छ । बैंकको खराब कर्जा २.२२ प्रतिशत रहेको छ ।



About Us
प्रतिक्रिया