काठमाडौं– नेपाल बैंक लिमिटेडको नाफामा उच्च गिरावट आएको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । सो अवधिमा बैंकको नाफामा गिरावट देखिएको हो ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८० करोड २१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब ४० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, यो अवधिमा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९३ लाख रुपैयाँ रहकेो छ । यस्तै, बैंकको खराब कर्जा ३.२८ प्रतिशत पुगेको छ ।
साथै, बैंकको जगेडा कोषमा २२ अर्ब ३८ करोड रुपैयाँ राखेको छ । गत वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले अघिल्लो आवमा कुल २ खर्ब ४४ अर्ब ५१ करोड र १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
प्रतिक्रिया