निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी मौद्रिक नीति ल्याएका छौँ : गभर्नर अधिकारी


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी ल्याएको बताएका छन् ।

मौद्रिक नीतिमाथि निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी मौद्रिक नीति आएको बताएका हुन् ।

साथै, गभर्नर अधिकारीले मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी समेत गरेका छन् ।

उनले केही ठाउँहरूमा केही क्षेत्रहरू नसमेटिएको भन्ने गुनासो समेत आउने गरेको उल्लेख गर्दै राष्ट्र बैंकले सबै क्षेत्रलाई समान व्यवहार गरेको बताए। निजी क्षेत्रलाई स्वतन्त्रता दिइएको भएपनि आर्थिक अस्थिरता पैदा हुनेगरी काम गर्न नदिने उनको भनाइ छ। ‘आर्थिक अस्थिरता हुने गरी काम गर्न दिँदैनौँ,’ गभर्नर अधिकारीले भने ।