ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्याएको डिजिटल युनिभर्स के हो ?

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्याएको डिजिटल युनिभर्स के हो ?


काठमाडौं– ग्लोबल आइएमई बैंकले आफ्ना सेवाग्राहीलाई अधिकांश बैंकिङ्ग सेवा वेबसाइटमार्फत उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङ्गतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई वेबसाइटमार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो ।

बैंकले केहि दिन अगाडिमात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ्ग सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज डिजिटल युनिभर्स सञ्चालनमा ल्याएको थियो । जसमा चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेका छन्। पछिल्लो समय बैंकहरु डिजिटल कारोबारमा जोड दिँदै शाखारहित सेवा प्रदान गर्न अग्रसर भइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकले बनाएको नीतिभित्र बसेर डिजिटल सेवाहरु प्रदान गरिरहेका छन् ।

पछिल्लो समय विश्वमा सूचना प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स् (एआई)को अधिकतम प्रयोग बढ्न थालेको छ । यसको प्रभाव बैंक तथा वित्तीय क्षेत्रमा नपर्ने कुरै भएन । र, विश्वव्यापीरुपमा बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै एआईमार्फत कामकारबाही गर्दैगर्दा नेपाली बैंकहरुले पनि यतातर्फ ध्यान दिन थालेका छन् ।

ग्लोबल आईएमई बैंकले सुरु गरेको ‘डिजिटल युनिभर्स’लाई यसैको सुरुवात मान्न सकिन्छ। बैंक आँफै आफ्नो सेवा सुविधा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै एआईतर्फ लम्किने बताउँछ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत एआईलाई प्रोत्साहन गर्नेगरी मागर्दशन ल्याउने घोषणा नै गरेपछि बैंक थप उत्साहित समेत बनको छ। हामी आज तपाईहरुलाई ग्लोबल आईएमईले सुरु गरेको ‘डिजिटल युनिभर्स’, यसको लक्ष्य र यसले गर्ने कामबाट प्रभावित बन्ने सेवाग्राहीबारे जानकारी दिइरहेका छाैँ ।

अब आउनुहोस् कम्पनीकै तर्फबाट युनिभर्सले कसरी काम गर्छ भन्ने बुझौं :