‘बीमाले अध्ययनशील र परिपक्व बन्न सिकाउँछ’

‘बीमाले अध्ययनशील र परिपक्व बन्न सिकाउँछ’

नमुना के. सी.
2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बीमा व्यवसायमा अभिकर्ताको भूमिका महत्त्वपूर्ण रहन्छन्। कम्पनीहरुको व्यवसाय विस्तारमा सहयोग पुर्याउने पहिलो पक्ष भने कै अभिकर्ता हुन्। नेपालको बीमा बजारमा यो भूमिकामा काम गरेर नाम र दाम कमाउन सफल धेरै अभिकर्ता छन्। यीनैमध्येका एक हुन्, नारायणबहादुर गुरुङ ।

२०६१ सालमा काठमाडौं छिरेका गुरुङ सफल अभिकर्ताको रुपमा काम गर्दागर्दै ‘चिफ एजेन्सी म्यानेजर’सम्मको यात्रा तय गर्न सफल बनेका छन्। उनी सुरुमा काठमाडौं छिरेपछि नेपाल लाईफ इन्स्योरेन्सबाट अभिकर्ताको काम सुरु गरेका थिए। पछि बिस्तारै अनुभव, सिप र क्षमता विकास गर्दै गएपछि यति बेला सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको ‘चिफ एजेन्सी म्यानेजर’ को भूमिकामा कार्यरत छन्। ‘धादिङमा जन्मे हुर्केर विद्यालय तहको अध्ययन सकेपछि उच्च शिक्षा हासिल गर्न ६१ सालमा उपत्यका छिरेको थिए,’ गुरुङ भन्छन्, ‘गाउँमा आफ्नो अध्ययनलाई निरन्तरता दिन नसकेपछि उच्च शिक्षा लिने र आफ्नो कामलाई पनि अघि बढाउने सोचसहित उपत्यका आएको हुँ ।’

पेशा छाडेर विदेश, फर्केर फेरी अभिकर्ता नै

उत्तरी धादिङमा मध्यमवर्गीय परिवारमा जन्मे हुर्केर विद्यालयतहको पढाई सकेपछि उच्च शिक्षाको खोजीमा हिँडेका गुरुङ काठमाडौं पसेपछि सुरुमा अलमलमा परे। डल्लुमा डेरा लिएर पढाइलाई निरन्तरता दिने क्रममा कुन पेशा अँगाल्ने विषयमा जानकार थिएनन्। तर, सोही घरमा बस्ने दाइले बीमा क्षेत्रमा रोजगारी गरिरहेको जानकारी पाएपछि कुराकानी गर्दा खाली समयको सदुपयोग गर्दै अभिकर्ता बन्न सुझाए ।

‘मैले बीमा क्षेत्रको उच्चतम ज्ञान नै नभए पनि सुरुमा नेपाल लाइफमा अभिकर्ताको रूपमा काम गर्न सुरुवात गरेँ,’ गुरुङले बैकिङ्ग समाचारसँग भने, ‘बिस्तारै बुझ्दै जाँदा बीमा क्षेत्र निकै प्रभावकारी लाग्यो र अध्ययनसँगै कामलाई पनि समय दिन थाले ।’ तर, सुरुमा आवश्यकता बमोजिमको आम्दानी भएन र परिवारको आर्थिक जिम्मेवारीको भार उठ्न नसकेपछि विदेश भासिने सोच बनाए र गएपनि ।

उनले भने, ‘विदेश जाने विकल्प रोज्नुको साटो धैर्यता राखेर नेपालमा केही गर्दा राम्रो हुन्छ।’ गुरुङले बीमा क्षेत्रमा दशकभन्दा बढी समय बिताइसकेका छन्।

वैदेशिक रोजगारीमा दशक बिताएपछि फेरी देश फर्कने इच्छा उनमा जागृत भयो। ‘दश वर्ष विदेशमा दुख गरे पनि केही नभएपछि देश फर्कने निर्णय गरेँ,’ उनले थपे, ‘त्यसपछि नेपाल फर्किएर पुनः बीमा क्षेत्रमा जोडिए।’ यतिबेला अभिकर्ता हुँदै बीमा क्षेत्रमा छिरेका उनी ब्राञ्च म्यानेजरको भूमिका निर्वाह गर्दैछन् ।

अध्ययन गर्ने बानीको विकास, बीमाबाट बने परिपक्क

गुरुङ आफू बौद्धिक विषयमा अब्बल रहेको दाबी गर्छन्। रोजगारीकाे शिलशिला छाडेर विदेश भासिएपछि अध्ययनको क्रम रोकियो। फेरी फर्केर बीमामा लागेपछि बौद्धिक क्षमता बढेको भन्दै उनी भन्छन्,‘ बीमाले अध्ययन गर्ने बानी र परिपक्व हुन् सिकायो। मलाई बीमा क्षेत्र सारै उत्कृष्ट लाग्छ’। ‘यो क्षेत्रमा मिहिनेत अनुसारको फल पनि पाइन्छ,’ उनले थपे, ‘म आम्दानीका लागि पनि यो क्षेत्रमा उत्कृष्ट अवसर देख्छु ।’

‘बीमितको हितमा काम गर्नुपर्छ

नेपाल लाइफमा अभिकर्ताका रुपमा रोजगारी सुरुवात गरेका गुरुङ अहिले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बनेपा शाखामा ‘चिफ एजेन्सी म्यानेजर’ रूपमा कार्यरत छन्। जुनसुकै पेसामा पनि इमानदारिता हुनुपर्छ भन्ने सोच भएका गुरुङ अभिकर्ता पेसामा इमानदारिता र लगनशीलताले नै आफ्नो सफलताको बाटो तय गरेको बताउँछन्। अभिकर्ताको कामलाई सुरुवात गरिरहेका युवाहरूले लगन र कर्मशील बन्नुपर्ने सुझाव दिन्छन् र भन्छन्, ‘एउटा अभिकर्ताको पेसामा संलग्न भएपछि बीमितको हकहितका लागि काम गर्नुपर्छ।’

‘ बीमाले अध्ययन गर्ने बानी र परिपक्व हुन् सिकायो। मलाई बीमा क्षेत्र सारै उत्कृष्ट लाग्छ’

हरेक ठाउँमा चुनौतीसँगै सम्भावना पनि हुन्छ। अर्थात् सफल बन्नका लागि चुनौतीलाई स्वीकार गर्नैपर्छ र यसका लागि तयार रहनु नै उचित हो। बीमा प्राविधिक क्षेत्र भएकाले पनि यो क्षेत्र चूनौतीपूर्ण छ। गुरुङका अनुसार अभिकर्ताहरूका लागि बीमा बुझाउन र ग्राहकलाई बीमा गर्न प्रोत्साहन गर्नु सबै भन्दा कठिन काम हो। ‘युवाहरु अभिकर्ता पेसामा आकर्षित त हुन्छन् तर समाजले तुरुन्तै विश्वास गर्न असहज मान्ने भएकाले बीमा गर्नका लागि मनाउन गाह्रो छ।’ ‘तर युवाहरूले धैर्यतामा रहेर समाजलाई बीमा बारे बुझाउन सक्नुपर्छ,’ उनले भने, ‘विदेश जाने विकल्प रोज्नुको साटो धैर्यता राखेर नेपालमा केही गर्दा राम्रो हुन्छ।’ गुरुङले बीमा क्षेत्रमा दशकभन्दा बढी समय बिताइसकेका छन्।

बीमाको महत्त्व धेरै छ 

समाज, परिवार र व्यक्तीलाई आर्थिक रुपमा सुरक्षित राख्नका लागि बीमाको महत्त्व धेरै छ। बीमाले जीवनको आचरण सुधारमा पनि उलेख्य भूमिका खेल्ने गरेको सरोकारवालाहरू बताउँछन्। बीमा बचत, सुरक्षा र लगानी समेत हो। ‘बीमा सकारात्मक पक्ष हो। मैले जीवन बीमा क्षेत्रमा लामो समयबाट काम गरिरहेकाे छु,’ उनले थपे, ‘धेरै बीमितहरुसँग सम्बन्ध गाँसे र जीवन बीमा लगानी बचत तथा सुरक्षा हो भन्ने चेतना फैलाउन सफल भए ।’ यही क्षेत्रमा धेरै समय व्यतीत गरेका गुरुङ लगातार ५औँ पटक विश्वभरका अभिकर्ताको अन्तर्राष्ट्रिय मञ्च ‘एमडीआरटीका लागि छनौट हुन समेत सफल भएका छन्।