स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीएल २ प्रतिशतमाथि, नाफामा पनि गिरावट

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीएल २ प्रतिशतमाथि, नाफामा पनि गिरावट


काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमासमा खुद नाफा ४.५१ प्रतिशत घटेको छ । ४ प्रतिशले घटेर बैंकले ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड ८९ करोड नाफा आर्जन गरेको थियो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । बैंकको ब्याज आम्दानी १३.४६ प्रतिशत घटेर ५ अर्ब १५ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ छ भने जगेडा कोष ३.८९ प्रतिशत बढेर ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित राखेको छ । गत वर्ष बैंकको निक्षेप ४.२७ प्रतिशत घटेर १ खर्ब १२ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जा ४.२५ प्रतिशत बढाएर ८१ अर्ब १४ करोड रुपैयाँ प्रवाह गरेको छ ।

बैंकको यस अवधिमा खराब कर्जा २.१४ प्रतिशत पुगेको छ ।