काठमाडौं – राष्ट्रिय सहकारी बैंक आजदेखि २१औं वर्ष पुरा भएको छ । यो बैंकले २०६१ साल साउन १९ गतेदेखि आफ्नो कारोबार सुरु गरेको थियो । सोही कारोबार सुरु गरेको दिनलाई आधार मानेर बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ ।
आर्थिक वर्ष २०८०–८१ को असार मसान्तसम्म बैंकको कूल सम्पत्ती ६९ अर्ब ५५ करोड रुपैयाँ छ । बैंकले देशभरका सहकारी संघ संस्थासँग कारोबार गर्दै आइरहेको छ ।
आफ्नो सेवा देशका ७७ वटै जिल्लामा विस्तार गरेको सहकारी बैंकसँग १६ हजार ३२८ सहकारी संस्था आबघ छन् । यी संस्थामा आबद्ध ३५ लाख सेवाग्राही सहकारी बैंकसँग आबद्ध भएको आज आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकले हाल देशभरमा कूल ६८ वटा शाखा सञ्चालनमा ल्याएको छ ।
२०८१ को असार मसान्तसम्ममा बैंकको शेयर पूँजी २ अर्ब ७८ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ४७ करोड रुपैयाँ छ । यसैगरी कूल बचत ६१ अर्ब ७ करोड रुपैयाँ रहेको सहकारी बैंकले जानकारी दिएको छ ।
बैंकले सो अवधिमा २६ अर्ब २७ करोड रुपैयाँ ऋण लगानी गर्दा तरलता रकम ३० अर्ब २७ करोड रुपैयाँ छ । यता कूल संस्थागत पूँजी १ अर्ब ४७ अर्ब रुपैयाँ रहेको जानकारी दिइएको छ ।
हालसम्म बैंकमा जोडिएका कूल सहकारी संस्थामध्ये ५४ वटा स्वास्थ्यसँग सम्बन्धीत सहकारी आबद्ध भएका छन् भने ६१ वटा हाइड्रोइलेक्ट्रिसिटी, १४ वटा मह उत्पादन गर्ने संस्था आबद्ध छन् ।
यता दूद्ध उत्पादन गर्नेगरी स्थापना भएका ६८१ वटा सहकारी आबद्ध हुँदा शैक्षिक संस्थासँग सम्बन्धीत सहकारी ८ वटा आबद्ध छन् । यसबाहेक स्थानीयस्तरका सहकारी संस्थाको संख्या ३ वटा रहेको बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया