काठमाडौं – केही दिनअघि माइक्रोसफ्टको सर्भरमा देखिएको खराबीका कारण विश्वभर बैंकिङ्ग क्षेत्रको ठूलो हिस्सासहित शेयर बजारसम्म असर देखिएको थियो । यही शिलशिलामा भारतीय बैंकिङ्ग सिस्टममा भने ठूलो साइबर आक्रमण भयो ।
यससँगै भारतका करिब ३ सय साना बैंकहरुमा कामकाज ठप्प भयो । रेनसमवेयर आक्रमणको कारण यी सयौं बैंकको भुक्तानी प्रणाली पनि फेल भएको थियो ।
एउटै कम्पनीबाट प्राविधिक सपोर्ट लिने साना बैंकहरुमा मात्रै उक्त साइबर आक्रमण भएको बताइएको छ । यसबीचमा उक्त कम्पनीमा भएको साइबर आक्रमणको प्रत्यक्ष असर ग्राहकको रुपमा रहेका ती साना ३ सय वटा बैंकहरुमा पनि परेको हो ।
यसले बैंकको भुक्तानी प्रणालीमा पनि असर देखिएको थियो । साइबर आक्रमणले गर्दा सी एज टेक्नोलोजिजलाई नराम्ररी असर पारेको बताइएको छ ।



About Us
प्रतिक्रिया