चालुपुँजी कर्जाः भेरियन्ससम्बन्धी व्यवस्था २०८२ साउनबाट  मात्र लागू हुने


काठमाडौं – केन्द्रीय बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा भेरियन्ससम्बन्धी व्यवस्थामा केही लचकता अपनाएको छ। केन्द्रीय बैंकले बुधबार बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै भेरियन्ससम्बन्धी व्यवस्थामा लचकता अपनाएको हो।

‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालुपुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेरमात्र नवीकरण गर्न पाइने व्यवस्था रहेको छ।

संशोधिन निर्देशनमा भने ‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं. ७ मा भएको भेरियन्ससम्बन्धी व्यवस्था २०८२ साउन १ गतेदखि मात्र लागू हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ।