१४ निर्जीवन बीमकको एक वर्षकाे व्यवसाय कति ?

१४ निर्जीवन बीमकको एक वर्षकाे व्यवसाय कति ?


काठमाडौं – निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०/८१ मा ४१ अर्ब ४० करोडमाथि कुल बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा निर्जीवन बीमकले २८ लाख ४९ हजार ९३४ वटा बीमा पोलिसी विक्री गरी ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन । 

यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले ५ अर्ब ४७ करोड ०२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ७२ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब १४ करोड रुपैयाँ आर्जन गरेका छन्। समिक्षा अवधिमा यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड रुपैयाँ ,सानिमा जिआइसीले २ अर्ब ६१ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५५ करोड रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले २ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

त्यस्तै, प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।