नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखिएकाे शेयरकाे संख्या भने खुलाएकाे छैन।

बैंकले उक्त शेयर यसअघि नै गत जेठ ११ गते र असार १२ गते गरी २ पटक ३५ दिने अवधि सहित संस्थापक शेयरधनीमा बिक्री खुला गरेको थियो।

उक्त अवधिमा संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन प्राप्त नभएपछि बैंकले सर्वसाधारण मात्रै किन्न पाउने गरी शेयर पुनः बिक्रीमा ल्याएको हो।

सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारण वा संघसंस्थाले ७ दिनभित्र बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।