काठमाडौं – उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन गर्ने बाटो खोलिदिएको छ। अधिवक्ताद्वय हरि बहादुर केसी र खुशल राम धितालले हालेको मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालत, पाटनले सोमबार अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।
कम्पनीले बुक विल्डिङ विधिको दुरुपयोग गरेको, चालू आर्थिक वर्षको चैत मसान्तसम्मको लेखापरीक्षकले प्रमाणित गरेको अपरिष्कृत वित्तीय विवरणअन्तर्राष्ट्रिय र राष्ट्रिय लेखामान सिद्धान्तको विपरीत रहेको र कम्पनीको अनुमानित प्रतिशेयर नेटवर्थ प्रक्षेपित विवरण र वास्तविकमा सामञ्जस्य नदेखिएको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो ।
न्यायाधिश धुब्रराज नन्द र विदुर कोइरालाको इजालसले उक्त आदेश जारी गरेको हो। यसअघि गत असार २८ गते अदालतले अन्तरिम आदेश जारी गर्दै आईपीओ निष्कासन जारी नगर्न आदेश दिएको थियो।
याे पनि :
प्रतिक्रिया